शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना (Jabalpur)

शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना (Jabalpur)

20 Aug
|
JobsNepal.com
|
Jabalpur

20 Aug

JobsNepal.com

Jabalpur

शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना प्रथम पटक प्रकाशित मिति २०८३/०४/२९ गते नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) ले मर्सिकोर नेपालसँगको साझेदारी तथा कोका–कोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना अन्तर्गत कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित विकासवस्तीमा पूर्वसूचना प्रणालीका लागि बहुप्रकोप साईरन (Multi-Hazard Siren) उपकरण जडान गर्नुपर्ने भएकाले सो कार्य गर्न इच्छुक तथा योग्य आपूर्तिकर्ताहरूबाट दरभाउ सहितको शिलबन्दी कोटेशन आह्वान गरिएको छ। इच्छुक आपूर्तिकर्ताहरूले सूचना प्रकाशित भएको मितिले

सात (७) दिन भित्र तपशिलमा उल्लेखित विवरण अनुसार आवश्यक उपकरणको दरभाउसहित अभिलेख तथा कागजातहरू संलग्न गरी शिलबन्दी कोटेशन पेश गर्न आह्वान गरिन्छ। उपकरण तथा सेवाको आवश्यक प्राविधिक विशिष्टता तथा पेश गर्नुपर्ने कागजातहरूको सूची तपशिलमा उल्लेख गरिएको छ।





पेश गरिनु पर्ने आवश्यक अभिलेख र कागजातहरू: १. फर्म, आपुर्तिकर्ता (सप्लायर्स) को दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपी।

२. मुल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपी तथा करचुक्ताको प्रमाणपत्रको प्रतिलिपी (२०८२/२०८३) वा (२०८१/२०८२)

३. माग गरिएको उपकरण तथा सेवा आपुर्ति गर्न सक्ने समयाअवधि सहितको निवेदन (फर्मको लेटर प्याडमा) सहित पेश गर्नु पर्नेछ।

४. दरभाव सहितको कोटेशन शिलबन्दी गरि खाममा अथवा ईमेल द्वारा पेश गर्नु पर्नेछ।

५. उल्लेखित दरभाउ कोटेशन मा तपशिलमा उल्लेखित विवरण सहित प्रति ईकाईको मूल्य खुल्ने गरि पेश गर्नु पर्नेछ।

६. आपुर्तिकर्ताले उपलब्ध गर्नु र गराउनु पर्ने कार्य तथा सामग्रीहरुको विवरण तपशिल बमोजिम रहेको छ।

Link:



Details of Quantity सामग्री तथाको सेवाको विस्तृत विवरण Annex_MHEWS मा दिईएको छ। ७ कोटेशन रद्द हुने अवस्थाः १ कोटेशन सँग पेस गर्नका लागि माग गरिएका अभिलेख तथा कागजातहरु नभएमा कोटेशन स्वतः रद्द हुने छ ।

२ माथि उल्लेखित विस्तृत बिवरण सहित सामाग्रिहरुको प्रति ईकाइ मुल्य तोकेर प्रस्तावना पेश नगरेको खण्डमा त्यस्ता कोटेशन प्रस्तावहरु स्वतः रद्द हुने छ । ३ उल्लेखित मिति र समय भित्र प्राप्त नभएको कोटेसन स्वतः रद्द हुने छ । ८ माथि उल्लेखितमा माग भएका कार्य तथा सामग्रीहरु आपुर्ति गरिनु पर्ने स्थान र समयः

- कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित विकासवस्ती।
- छनौट भएको आपूर्तिकर्ताले कार्यालयले खरिद आदेश दिएको १५ दिन भित्रमा Multi-Hazard Siren उपकरण जडान साथै हस्तान्तरण कार्य सम्पन्न गरिसक्नुपर्नेछ।
- शिलबन्दि दरभाउ कोटेशन पेशगर्नु पर्ने अन्तिम मिति र ठेगानाः
- अन्तिम मिति र समयः २०८३/०५/०४ गते साँझ ५ बजे भित्र । (२०२६ अगस्त २० तारिक)
- इमेल [email protected] वा NNSWA को केन्द्रीय कार्यालय भी.न.पा.–१८ कञ्चनपुर

Links Scope of Work Annex MHEWS NNSWA केन्द्रिय कार्यालय,कञ्चनपुर आवश्यक जानकारीका लागिः ०९९–५२२१८२, ९८५८७५०३७७

📌 शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना (Jabalpur)
🏢 JobsNepal.com
📍 Jabalpur

Reply to this offer

Impress this employer describing Your skills and abilities, fill out the form below and leave Your personal touch in the presentation letter.

Subscribe to this job alert:

Get the latest job offers by email for: शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना (jabalpur) / jabalpur

Subscribe to this job alert:

Get the latest job offers by email for: शिलबन्दी दरभाउ (कोटेशन) आह्वान सम्बन्धि सूचना (jabalpur) / jabalpur